२०८१ पौष २२ गते सोमबार
कठमाण्डौ
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारि गर्दै २०८१ पुस २२ आजैका मितिदेखि लागु हुनेगरी सार्वजनिक यातायातका यात्रुबाहक तथा पहाडि र तराईमा संचालन हुने मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।


