२०८१ पौष २१ गते आईतबार।
कठमाण्डौ।
काठमाण्डौको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रकम अनियमितता भएको प्रकरणमा रास्वापा सभापति एंव पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो । उक्त्त सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।


