१९ पौष २०८१, काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका १८ जना उपसचिवलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। सिफारिस गरिएका उपसचिवहरूमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम) मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदीश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्य राज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही बढुवा सिफारिस सूचीमा परेका छन् ।
सोहि दिन गरेको निणर्य अनुसार कार्यक्षमताको मूल्यांकनका आधारमा प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ३९ जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


