२०८१ पौष १८ गते बिहिबार।
काठमाण्डौ
बाल गायक सचिन परियारको निधन भएको खबरले प्रधानमन्त्री केपी शर्मा ओली धेरै दुःखी भएको बताएका छन्। सामाजिक संजाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै “एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ” भन्दै सचिनलाई श्रद्धाञ्जली ब्यक्त गरेका छन्।आज बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उनको निधन भएको थियो ।
हेर्नुस स्ट्याटस।



