१८ पौष २०८१ ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड समस्याग्रस्त भएपछि बैंकको व्यवस्थापन जिम्मा लिएको नेपाल राष्ट्र बैंकले हिजै बुधबारदेखि बचतकर्तालाई पैसा भुक्तानी दिन शुरु गरेको छ । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ । बचत रकम भुक्तानीसँगै व्यवस्थापनको जिम्मा पाएको समूहले कर्जा असुलीको कामलाई पनि अगाडि बढाएको छ । बैंकले केन्द्रीय कार्यालय नेपालगञ्जका साथै निम्न तल दिएका बैकका शाखाहरुबाट सेवा लिन सकिने बताएको छ ।



