१८ पौष २०८१ ।
१८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै क्षेत्रमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताए । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा उहाँको जीवनीबाट लिन सकिने जानकारी दिए ।
१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधबारसम्म रहने जानकारी दिनुभयो ।


