१८ पौष २०८१ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर ३८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस भएको हो। ‘प्रहरीले अहिले प्रतिवेदन बुझाएको छ, अब अध्ययन गरेर अभियोजन हुन्छ,’ उनले भने, ‘केही दिनमा मुद्दा दर्ता हुन्छ। संगठित अपराध र सहकारी बचत रकम अपचलनमा मुद्दा दायर गर्न प्रतिवेदन बुझाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल लगायतविरूद्ध पनि मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।
स्वर्णलक्ष्मी बचत अपचलनमा ३८ जना विरूद्ध मुद्दा चलाउन सिफारिस गर्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश ।
1 Min Read


