१६ पौष २०८१ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरी बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने पुरस्कारकालागि योग्यता पुगेका नेपाली नागरिकले “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” को अनुसूची–२ अनुसारको आवेदन फारम भरी खामबन्दी गरी आवश्यक कागजात सहित मिति २०८१-१०-०७ गते भित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा सूचनामा दिइएको नम्बरमा सम्पर्कगरी निवेदन दिन सकिने जनाएको छ ।


