१२ पौष २०८१
सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री भएका ९२ वर्षका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ।लामो समयदेखि बिरामी उनलाई बिहीबार साँझ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। उनी राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

