०४ पौष २०८१ ।
खाने पानीमन्त्री प्रदीप यादवले गत असोज महिनामा बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिपछिको पुनर्निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा बुधबारबाट सुरु भएको विपत् व्यवस्थापनमा सिकाइ तथा आगामी कार्ययोजना विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले बाढीपहिरोपछिको पुनर्निर्माणका लागि सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री यादवले बाढीपहिरोको समयमा सरकारले आफूसँग भएको सबै स्रोतसाधनको प्रयोग गरेर खोज तथा उद्धारको काम गरेको बताउँदै पुनर्निर्माणको काम पनि तीव्र गतिमा अघि बढाउने जानकारी गराउनुभयो । “पुनर्निर्माणका लागि सरकार कहाँ छ रुभन्ने प्रश्न आएका छन् । सबै मन्त्रालयबाट क्षतिको तथ्याङ्क लिने काम सकिएको छ । गृह मन्त्रालयले पुनर्निर्माणका लागि कार्यविधि बनाएर मन्त्रीपरिषद्मा पेस भएकोमा मन्त्रीपरिषद्ले विधायन समितिमा पठाएको छ । विधायन समितिबाट यो साताभित्र निर्णय हुन्छ र मन्त्रीपरिषद्ले निर्णय गरेपछि पुनर्निर्माणको काम तीव्रगतिमा अघि बढ्छ,” मन्त्री यादवले भन्नुभयो । उहाँले बाढीपहिरोको समयमा खोज तथा उद्धार, राहत उपलब्ध गराउने र पुनर्निर्माणको विषयमा सरकार कतै नचुकेको दाबी गर्नुभयो । उहाँले असोज महिनामा आएको बाढीपहिरोबाट दे शभरका करिब एक सय स्थानीय तहमा क्षति भएको बताउँदै पहिलो चरणमा ७१ वटा पालिकालाई तत्कालको राहतका लागि ५० लाख रुपियाँदेखि एक करोड रुपियाँसम्म रकम पठाएको बताउनुभयो । जनतामा भएको निराशा हटाउनका लागि वर्तमान सरकार बनेको दाबी गर्नुहुँदै मन्त्री यादवले सरकारले जनताको निराशा हटाउने कामको सुरुवात गरेको बताउनुभयो । उहाँले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा भएको नीतिगत समस्याको बारेमा धुलिखेल, बनेपा र पनौती नगरपालिकाले लिखित आग्रह गरेमा समस्या समाधान गरी आयोजना सञ्चालनको नेतृत्व लिन मन्त्रालय तयार रहेको स्पष्ट गर्नुभयो । पूर्वमन्त्री तथा नेकपा ९एमाले०का नेता गोकुलप्रसाद बास्कोटाले जिल्लामा रहेका खानेपानीका सीमित स्रोतको संरक्षण र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यव्रmममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय प्रमुख दीपककुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू र रोसी गाउँपालिका अध्यक्ष दिनेश लामाले पुनस्र्थापना र पुनर्निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गोष्ठीमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । साभार ः गोरखापत्र दैनिक
पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री यादव
2 Mins Read

