२८ मंसिर २०८१,काठमाडौं
पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स बिच खेल हुनेछ । दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज खेल्दैछन्। पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ। जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ ।


