२४ मंसिर २०८१,काठमाडौँ ।
नेपाली सेनाले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली सेनाले संयुक्त राष्ट्र डिसङ्गेजमेन्ट अब्जर्भर फोर्स मिसन सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य रहेको जनाएको हो। संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हयारमा हतियारधारी समुह जबरजस्ती प्रवेश गरेको थियो । विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन्न मुलुकहरूमा खटिने क्रममा सिरियास्थित संयुक्त राष्ट्र संघीय यूएनडीओएफ मिसनमा नेपाली शान्ति सैनिक तैनाथ रहेको सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेको हो ।
नेपाली सेनाले शान्ति मिसनका लागि सिरियामा गएका नेपाली सैनिकहरूको अवस्था सामान्य रहेको बताएको छ।
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकको सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश ।
1 Min Read

