२३ मंसिर २०८१ ।
कपिलबस्तुमा हिजो २२ गते भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको तीव्र गतिको बस अनियन्त्रित भइ तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर ८ बजेतिर दिएको थियो। त्यसपछि कारसँग लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो। तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल र बसमा सवार ११ जना घाइते भएका छन्। दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका(१० पिपरहवाका ५५ वर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ वर्षीया मञ्जुकुर्मी, बसमा रूपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका( ६ का २१ वर्षीय यमा मुदिन मुसलमान र कारमा सवार दाङको राप्ती गाउँपालिका(८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता माधव विश्वकर्माले भैरहवा(तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका(३ को गुलरीमा तीव्र गतिको बस अनियन्त्रित भइ कारलाई ठक्कर दिएको थियो। त्यसपछि कारमा मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
कपिलवस्तुमा तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु ।
1 Min Read


