२१ मंसिर २०८१,काठमाडौं ।
आज काठमाडौंको एभरेष्ट होटलमा भएको स्टक ब्रोकर्सको ३० औँ वार्षिकोत्सवमा साधारणसभाले नयाँ कार्यसमिति चयनका गरेको छ । उक्त सभाबाट सागर ढकाल विजयी हुनुभएको छ। निर्वाचनमा अध्यक्षका प्रत्याशी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल विजयी भएका हुन्। ढकालले ४५ मत पाउँदा तिमिल्सिनाले ४३ मत पाएका छन् । उहाले यो जीत मेरो मात्रै नभएर हामी सबैले जित भएको कुरा राख्दै यस क्षेत्रमा भएका समस्याहरु कसरी समाधान गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको धारणा राख्नुभयो । स्टक ब्रोकरहरुले विगतमा उठाएका मुद्दाहरु अब संघका साझा मुद्दा बन्ने पनि ढकालले बताए। दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितोपत्र ब्रोकर्सका अध्यक्ष थिए। ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन्।
नयाँ कार्यसमिति ः
१.अध्यक्ष श्री सागर ढकाल
२. उपाध्यक्ष श्री नितेशकुमार अग्रवाल,
३. महासचिव श्री भक्तिराम घिमिरे,
४. कोषाध्यक्ष श्री मदन पौडेल
५. सचिव श्री विनय रेग्मी
६. सदस्य श्री विशालकुमार अग्रवाल,
७. सदस्य श्री जेलिना कँडेल,
८. सदस्य श्री जयन्त श्रीवास्तव र
९. सदस्य श्री प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

