०६ मंसिर २०८१, स्याङ्जा ।
खुमा अर्याल फाउन्डेसनले आफ्नो स्थापनाको अवसर पारेर स्याङजा जिल्लाको भीरकोट नगरपालिका ७, बलमाटामा यू १९ विश्वकपमा छनौट भएका स्याङ्जाका महिला क्रिकेट खेलाडीलाई जनही रु १,१ लाख, प्रमाणपत्रद्धारा सम्मानित गरेको छ । उक्त कार्यक्रममा प्रतिनिधि सभा सांसद राजु थापा, फाउन्डेसनका संरक्षक खुमा अर्याल, डा.लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माको उपस्थिती रहेको थियो ।
युएईमा भएको विश्वकप एसिया छनौट खेलमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै आईसीसी महिला यु.२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको टोलीका सदस्य स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्यात्सिना मरासिनी, १३ का सिमाना के.सी. र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघका अध्यक्ष श्री दिवाकार थापालाई पनि सम्मान गरेको छ । साथै जिल्लाको अर्जुनचौपारी गाउपालिकाले जनही रु १५००० र प्रमाण पत्रले सम्मान गरिसकेको छ भने पुतलीबजार नगरपालिकाले १६ औं नगरसभामा जनही रु ३३३३३ का दरले सम्मान गरिने जानकारी प्राप्त भएको छ । यस्ता कार्यले खेलाडीहरुको मनोबल उच्च रहने गर्दछ । साथै सम्पूर्ण नेपाली यु.१९ महिला क्रिकेट टिमका सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना ।


