आज बसेको सीबीआईएल सेक्युरिटिज लिमिटेडको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याललाई नियुक्त गरेकोछ। यो ब्रोकर कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो।
शेयरबजारका विश्लेषक, चाटर्ड अकाउन्टेन्ट रहेका मनिष अर्याल लामो समयदेखि शेयरबजारमा आवद्द छन् । उनी जाल्पा सामुदायिक लघुवित्तका अध्यक्ष पनि भईसकेका छन् । उनी जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक थिए। सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर नम्बर ९१ को रुपमा सेवा प्रदान गरिरहेको छ।
ब्रोकर नं. ९१ (सीबीआईएल सेक्युरिटिज)को सीईओमा मनिष अर्याल नियुक्त ।
1 Min Read

