०३ कार्तिक २०८१,
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। आजै पशुपति आर्यघाटमा अन्त्येष्टि अघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय भण्डा ओढाएर पूर्वसभामुख ढुंगानाको अन्तिम विदाई गर्नुभयो।
प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाई ।
1 Min Read

