०२ मंसिर २०८१,काठमाडौँ ।
नेपाल टेलिकमले आजदेखि रोबर्टबाट सेवा प्रयोगमा ल्याएको छ । उक्त सेवा हाललाई सुन्धारा शाखामा सञ्चालन गरिएको छ । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए । आज डेमोमात्रै शुरू गरिएको छ । नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने लक्ष्यअनुरूप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा थालिएको छ । रोबर्टले ६ सय वटा प्रश्नको बारेमा नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजबारे ग्राहकहरूले रोबर्टसँग सोध्नसक्ने छन ।
रोवर्टद्धारा नेपाल टेलिकमको सेवा उपलब्ध .
1 Min Read

