कात्तिक २८, २०८१
धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११ बस्ने ५० वर्षीय सरस्वती राजी बुधवार बिहान मृत भेटिएकी हुन् । उनि सुर्खेतको चर्चित धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिरकी पुजारी थिईन। उनी मन्दिरको पूर्वी ढोकामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो । घटना सम्बन्धि प्रहरी थप अनुसन्धान गरिरहेको । अनुसन्धान पश्चात घटनाको बारेमा थापा जानकारी प्राप्त हुने प्रहरीले जानेको छ।


