कात्तिक २७, २०८१
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनि फरार अवस्थामा पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । मनाङेलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले जानकारी दिएको हो । पक्राउ परेका मनाङेलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार पठाइने प्रहरीले बताएको छ । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो।


