कात्तिक २६, २०८१
नेकपा एमाले कोशीका सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश सभाले सार्वजनिक गरेको छ। अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं लगेको थियो। मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सभामुख अम्बरबहादुर विष्टको निर्देशानुसार सांसद अधिकारी पक्राउ परेको सूचना सार्वजनिक गरेका हुन्। यतिबेला पूर्वमन्त्री अधिकारी प्रहरी हिरासतमा रहेका छन्।
हेर्नुस सूचना :



