कात्तिक २५, २०८१
अनुमति बिना जापान भ्रमण गरेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । आजै दिउँसो उनलाई हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी रहेको छ । तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।


