काठमाडौं कार्तिक १३ मंगलबार।
आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन आयुर्वेदका प्रबर्दक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । आज राष्ट्र बैंकले पनि धनतेरसलाई लक्षित गरी सुनका असर्फी बिक्री गरेको छ ।
धनतेरसको दिन किनिएको वस्तु टिकाउ, नाफादायक र शुभ हुने धार्मिक मान्यता छ । त्यसैले तिहार सुरु हुनुभन्दा ठीक एक दिन अघि मानिसहरु आफ्नो गच्छेअनुसार केही न केही किन्ने परम्परा छ ।


