काठमाडौं कार्तिक १२ सोमबार ।
त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरी जनाएको छ ।
केहि दिन अघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिए को थिएन यस्तो हल्लाले पछिल्लो समय भारतमा पनि हैरानी बनाएको छ। यसको प्रभाब नेपालमा पनि पर्दै गईरहेको छ।


