२०८१ कार्तिक १०ः
आज शनिबार काठमाडौंमा नेकपा माओबादी केन्द्रद्धाराआयोजित खबरदारी सभालाई माओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्दै गरेका छन । त्यसै क्रममा अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई मुद्दाबाट बचाउनका लागि खबरदारी सभा गर्न लागेको भनेर माओवादीको बदनामी गर्न खोजिएको बताएका हुन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कसैलाई बचाउनका लागि खबरदारी सभा नगरिएको प्रष्ट पारेका छन्। आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही चलाउँदा सिआइबी प्रमुखसँगको भेटमा प्रचण्ड नै दोषी देखिए पनि पक्राउ गर्नु भनेको बताए।
ुमाओवादीको मान्छे पर्यो भनेर बचाउन पर्दैन। अरूको कुरा छोड्दिनु प्रचण्ड देखा पर्यो भने पनि पक्राउ गरे हुन्छ भनेका थियौं।त्यो भन्ने मान्छेलाई अहिले कसैलाई बचाउने सभा गर्नुपर्छरु,ु उनले भने। अध्यक्ष प्रचण्डले माओवादी हिजो सरकारमा रहँदा र आज बाहिर हुँदा पनि सहरकारी पीडितहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए। आफू प्रधानमन्त्री हुँदा पनि संसदीय छानबिन समिति बनाउनुपर्छ भनेको उनले स्मरण गरे । यद्यपि रविलाई पक्राउ गरेको सरकारले सहकारी ठगीमा संलग्न कांग्रेस र एमाले नेताहरुलाई केही नगरेको भन्दै आपत्ति जनाए ।


