( काठमाठौं ) राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार (आज) काठमाडौंमा विरोध प्रदर्सन गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी गराए । सभापति रवि लामिछानेलाइ गत शुक्रबार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरिएको थियो । सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी थप ७ दिनको म्याद थपेको छ ।


