(काठमाण्डौ)
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । गत शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा पुर्याइएको थियो । आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत ल्याई अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।
लामिछाने र जोशीलाई म्याद थपका लागि अदालत उपस्थित गराईयो
1 Min Read


