(काठमाडौँ ) काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय जानकारी दिएको हो। विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएको खुल्न आएको हो । घटनाबारे प्रहरीले थप नुसन्धान गरिरहेको छ ।


