२०८१ कात्तिक ०५
नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी—२० आई सिरिज तीन खेलमा तीनै खेल जितेर क्लिनस्वीप गरेको छ । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८।४ ओभरमा २ विकेट गुमाएर पूरा गरेर लक्ष्य भेटाएको हो ।
नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।


