कार्तिक ४, २०८१
पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज आइतबार अदालत पेश गरिने भएको छ । पूर्वगृहमन्त्री समेत रहेका रविलाई प्रहरीले शुक्रबार साँझ रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । रवि लामिछाने कै इच्छा अनुसार सडकमार्गबाट बिहान करिव ३ बजे पोखरा ल्याइएर उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ । उनलाई आज आइतबार अदालत पेश गर्ने तयारी छ । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगानी भएको भन्दै पीडितले पूरक जाहेरी दिएका थिए । त्यही पूरक जाहेरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ परेपछि पीडितले न्याय पाउने आशा गरिरहेका छन । तर रास्वपाका नेता तथा कार्यकर्ता भने आक्रोशित देखिएका छन् तर त्यो आवश्यक छ्ैन।
सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई पक्राउ सम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

