२२ असोज २०८१
नेपालको परिवेशमा विषेश गरेर देशै भरी धेरै मासु खपत हुने समय भनेको दशै, तिहार जस्ता चाडवाडहरु हुन । देशका विभिन्न शहरहरुमा सधै भरी प्रयाप्त मात्रामा खपत भएपनि गाउँ गाउँमा र देशका विभिन्न भागमा महिनौ देखि मिठो मसिनो तथा मासु खानको लागि चाडपर्व कुर्नुपर्ने अवस्था अहिले पनि छ । तर पनि जे जति मासु खाएपनि राम्रोसँग मिलाएर,पकाएर खान जानिएन भने स्वास्थ्यमा समस्या आउन सक्दछन । बजारबाट मासु किनेर ल्याउने अवस्थामा बाहेक खसी नै किनेर ल्याउने अवस्थामा झोक्राएर बसेको, आँखामा कचेरा लागेको, देख्दै बिरामी जस्तो खसी किन्नु हुँदैन। मानिस नजिक जाँदा पशुपक्षीले गर्ने व्यवहारले पनि उक्त पशु स्वस्थ कि अस्वस्थ भन्ने कुरा पत्ता लगाउन सकिन्छ। स्वस्थ खसी मान्छे नजिक पर्ने बित्तिकै मान्छेलाई सुँघ्ने, केही खान खोज्ने हुन्छन्,ु उनले भने, बिरामी छ भने झोक्राएर बस्ने हुन्छ।
विषेशज्ञहरुले उपभोक्तालाई स्वस्थ पशुपक्षीको मासु मात्रै खान सुझाउँछन्। बिरामी पशुपक्षीको मासु खाँदा मानिसको दिमागमा एक प्रकारको जुकाले फुल पार्छ,ु उनले भने। उपभोक्ता नठगिऊन् भनेर नेपाल खाद्य संस्थानले स्वस्थ खसीको सिङमा चिह्न समेत लगाइदिएको छ। सिङमा हरियो रङ देखियो भने त्यो स्वस्थ खसी हो। दसैंका बेलामा सबैभन्दा बढी खसी–बोका र च्यांग्रा खपत हुने भएकाले यस्ता पशुको सिङमा हरियो रङ लगाइएको हो।
यदि घरमै खसी काट्ने हो भने सफा र बलियो ठाँउमा राखेर काट्दा किटाणु सर्ने सम्भावना कम हुन्छ। पशुपक्षीको छालामा अत्यधिक मात्रामा रोगका कीटाणु हुन्छन्। त्यो नष्ट गर्न छालामा बेसार दलेख पखाल्नु पर्दछ । बेसारले कीटाणु मासुमा सर्न दिँदैन,ु ।
स्वास्थ्यको लागि उपयुक्त मासु प्रकारहरू छनोट गर्दा पोषण, चिल्लोको मात्रा, र शरीरमा हुने प्रभावलाई विचार गर्नुपर्छ। यहाँ केही स्वास्थ्यकर मासुका प्रकारहरू छन् । दसैंमा ठूलो परिमाणमा मासु हुन्छ। त्यसलाई विभिन्न तरिकाले खान सकिन्छ । जस्तै पोलेर, काँचै, पकाएर र उसिनेर धेरै मात्रामा रातो मासु, पोलेको र काँचो मासु धेरै खान हुँदैन।खसीको मासु स्वास्थ्यकर भए पनि धेरै मात्रामा सेवन गर्दा कोलेस्ट्रोल र रक्तचाप बढ्न सक्ने सम्भावना हुन्छ। यसैले मात्रा मिलाएर खान सिफारिस गरिन्छ।

