२०८१ आश्विन १८,
नेपालबाट बंगलादेशमा ४० मेगावाटको विद्युत निर्यात गर्ने सम्झौता भएको छ । लामो समयदेखि विद्युत निर्यातको लागि छलफलपछि भारतको प्रसारण लाईन मार्फत ४० मेगावाट विद्युत निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो । २०७९ भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट विद्युत लैजाने सहमति भएको थियो । सहमती भएको चारवर्षपछि नेपाल, भारत र बंगलादेशबिच त्रिपक्षीय सम्झौता भएको हो । भारतको प्रसारण लाईनमार्फत विद्युत लगिने भएकाले पनि यो नेपाल, भारत र बंगलादेशको सम्बन्धमा महत्वपूर्ण कडीका रुपमा रहनेछ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय उर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुंगा सावित भएको बताउँछन् । नेपालले इतिहासमै पहिलोपटक जलविद्युतउर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले उर्जा क्षेत्रमा ऐतिहासिक कदम भएको उनले बताए ।


