११ असोज, काठमाडौं ।
निरन्तर वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले विभिन्न जिल्लामा सडक र पुलमा तथा बस्तिमा क्षति पुगेको छ ।
मनसुनी प्रणाली कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत थपिएपछि नेपालमा गत ३६ घण्टादेखि लगातार वर्षा भइरहेको छ । अझै ३६ घण्टा वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
नेपाल प्रहरीका अनुसार काठमाडौं, बैतडी र मोरङमा एक–एक जना बेपत्ता छन् भने इलाममा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हिजो शुक्रबार जल तथा मौसम विभागले दिएको जानकारी ……


