१० असोज, काठमाडौं ।
सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओ बनाएर पठाइएको छ । म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी कास्कीमा सहायक सीडीओ थिए । यसैगरी कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । भने कालीकोटका सिडियो गणेश नेपालीलाई सहायक सिडियोको जिम्मेवारी दिएर सिराहा पठाएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् । यसैगरी मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

