२ असोज अम्बिका पौडेल, काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँ रहेका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ । कृषिमा रहेका दीपककुमार खनाललाई वन मन्त्रालयमा लगिएको छ । भने वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ ।
गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । २ असोजमा मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।त्यस्तै रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

