म्यामोग्राफी मेसिन खरिदमा स्वास्थ्य सेवा विभागकी पूर्व अतिरिक्त सचिव डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए पनि रु ३८,३४,७२३ अनियमिता भएको ठहर ।
२०८३ असार ०२, मंगलबार ।
अख्तियार दुरुपयोग आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल-बिजक, गलत प्रतिवेदन र भुक्तानी गरेको दाबीसहित स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०८०-८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको उनीमाथि अभियोग छ ।
म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै डा. मिश्रसहित ८ जनालाई सफाइ दिने निर्र्णय गरेको छ।
सफाई पाउनेहरुमा
१. डा. संगीता मिश्रा
२. विवेक कुमार लाल,
३. भुवन प्रसाद काफ्ले,
४. दिपक अधिकारी,
५. यादव प्रसाद देवकोटा,
६. शम्भु प्रसाद ढकाल,
७. सीता घिमिरे र
८. तिलकराम ढकाल
तर सोही केसमा ४ जना दोषी ठहर भएका छन ।
१.डा श्रवण कुमार थापा
२.डा सुरेन्द्र प्रसाद चौरसिया
३. आशिष चौहान
४.पदमा मिश्र
५. संजय कुमार साह
६. ‘Maxim Incorporation Traders Pvt. Ltd.’ सप्लायर्स सञ्चालकका सुन्दर भुषाल
भने दोषी ठहर भएका छन्। क्र.म. १ देखि ५ सम्मका कर्मचारीहरुलाई चार महिना कैदसहित जरिवाना सजाय तोकिएको छ। यस्तै सामान आपूर्ति गर्ने ‘Maxim Incorporation Traders Pvt. Ltd.’ का संचालक सुन्दर भुषाल र उक्त कम्पनीलाई मुख्य दोषीहरूको मतियार भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम कैद र जरिवानाको फैसला गरिएको छ।




