२०८२ जेठ ०५, सोमबार ।
क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवाली ४० वर्षमुनिका उत्कृष्ट ४० डाक्टरमा पर्न सफल हुनुभएको छ । द एसोसियसन फर भ्यालु बेस क्यान्सर केयर नामक क्यानडाको संस्थाले २०२५ को ४० वर्षमुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा उहाँलाई पुरस्कार विजेताका रूपमा घोषणा गरेको छ । विश्वबाट तीन हजार डाक्टरले मनोनयन गरेकोमा नेपाली क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवालीलाई २०२५ को ४० वर्षमुनिकालाई दिइने क्यान्सर अवार्डबाट पुरस्कृत गरिएको हो । क्यान्सर उपचारको क्षेत्रमा डा. ज्ञवालीले गरेको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मान गरिएको छ ।
नेपालमा जन्मिएका डा. ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पूरा गरेपछि जापानको टोहो विश्वविद्यालय (Tohoku University) मा मेडिकल अन्कोलोजीमा विशेषज्ञता (PhD) हासिल गरेका थिए। उनी नियमित रूपमा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा बोल्ने, नीति निर्माणकर्तालाई परामर्श दिने र वैज्ञानिक लेख लेख्ने कार्यमा संलग्न छन्। साथै, उनले धेरैजसो नेपाली युवा चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय अनुसन्धान र चिकित्सा शिक्षातर्फ प्रोत्साहित गर्ने कार्य पनि गर्दै आएका छन्।


