एनपीएल २ :चितवनले फिल्डिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने
२०८२ मंसिर ०२, मंगलबार ।
एनपीएल २ को आज हुने दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङको गर्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११ः४५ बजेबाट शुरुहुने छ भने दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ दिउँसो ४ बजे हुनेछ । एनपीएल दोस्रो संस्करणका सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो संस्करणमा पनि पहिलोकै आठ टिम प्रतिस्पर्धामा छन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।



