Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण भएपछि दिन र रातमा समेत खेल हेर्न पाइने ।

    November 17, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण भएपछि दिन र रातमा समेत खेल हेर्न पाइने ।

    २०८२ मंसिर ०१, सोमबार ।
    सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आइतबार आयोजित कार्यक्रममा १० हजार सिट क्षमताको नयाँ प्यारापिट र ६ वटा फ्लड लाइट क्यानलाई बुझाएको हो। सहरी विकासमन्त्री कुलमान घिसिङ स्वयं कीर्तिपुरमै उपस्थित भएर सरकारले निर्माण गरेका प्यारापिट र फ्लड लाइटसहितको अत्याधुनिक क्रिकेट पूर्वाधारको पहिलो चरणको काम पूरा गरी नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा मन्त्रीका साथै शहरी विकास मन्त्रालयका सचिब श्री गोपाल प्रसाद सिग्देल,संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख श्री चक्रवती कण्ठ, शहरी विकास विभागका महानिर्देशक श्री रविन्द्र बोहरा, पुनर्निर्माण तथा पुनर्स्थापनाःप्रबलिकरण महाशाखाका शाखा प्रमुख श्री प्रकाश अर्याल, क्यान अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ लगाएत अन्य खेलकुदसँग सम्बन्धित विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको थियो । पहिलो चरणको काम सम्पन्न गरी हस्तान्त्रण भइसके पछि आजबाट एनपिएल २ का खेलहरु सञ्चालन हुनेछन र नेपाली क्रिकेट प्रेमीहरुले खेलको आनन्द लिनेछन ।
    निर्माण ढिलाइ, ठेक्का र लागत
    २०७९ चैतमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने निर्देशन दिएका थिए भने २०८१ असार ३१ मा ओली सरकारकै पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो। तर तोकिएको ३ सय दिनभित्र काम सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीलाई मन्त्रालयले दैनिक ०.५ प्रतिसतका दरले करिब २ लाख रुपैयाँका दरले हर्जाना तिर्न पनि लगाएको थियो।
    पहिलो चरणको ठेक्का अन्तर्रगत प्यारापिट निर्माण : लागत ४३ करोड ७७ लाख, क्षमता १०,००० सिट, निर्माणकर्ता बीकेओआई–केसीडीसी–बिजी जेभी, फ्लड लाइट जडान : लागत ४२ करोड १९ लाख, जडानकर्ता विशाण–ईश्वरी जेभीले पाएको थियो । मन्त्री घिसिङले आफूले स्थलगत अनुगमन गरेका कारण कामले तीव्रता पाएको र दोस्रो चरणको ठेक्का प्रक्रिया पनि छिट्टै अघि बढाइने बताउनुभयो। साथै आगामी २–३ वर्षभित्र गुरुयोजना पूरा गरी पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान निर्माण गरिन्छ मन्त्री घिसिङले भन्नु भयो ।
    हस्तान्तरण कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले कीर्तिपुर रंगशाला डे–नाइट क्रिकेट सम्भव हुने आधुनिक रंगशालाको रूपमा रुपान्तरण भएको बताए। प्रत्येक प्रदेशमा यस्तो पूर्वाधार बनाए क्रिकेट विकास तीव्र हुने उनको भनाइ थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सहरी विकास मन्त्रालय र खेलकुद मन्त्रालयको संयुक्त पहलमा काम छोटो समयमा सम्पन्न भएको उल्लेख गर्दै दोस्रो चरण पनि छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    नेपाली क्रिकेट खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण र नयाँ पारिश्रमिक सार्वजनिक

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू, स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल ।

    टी–२० विश्वकपः नेदरल्यान्ड्सले पाकिस्तानलाई दियो १४५ रनको लक्ष्य ।

    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मुख्य मुख्य हाइलाइटहरु

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना