२०८२ साउन १६, शुक्रबार ।
नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको आय र व्यय २७ करोड ६९ लाख ६४ हजर ८ सय १८ रुपैयाँ आम्दानी र २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको जनाएको छ। संस्करण सकिएको ७ महिनापछि एनपिएलको हिसाब कार्य समितिमा प्रस्तुत भएको हो। कर बाहेक पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा भएको क्यानको भनाइ छ ।


