२०८२ जेठ ०५
नेपाली महिला क्रिकेट टोलीले यसअघि एसिया छनोटभन्दा अगाडि बढ्न नसेकको अवस्थामा यसपटक भने प्रतिद्वन्द्वी यूएईलाई नै हराउदै आज ऐतिहासिक सफलता हात पारेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनायो ।
नेपालको अब ग्लोबल छनोटमा थप स्तरीय टिमहरूसँग भेट हुने पक्का छ । त्यसका लागि टोलीले अझै मेहेनत र लगनशीलताका साथ प्रदर्शनमा सुधार गर्दै जानुपर्ने छ । हालका लागि भने नेपालले वर्षाले प्रभाव पारिरहेको प्रतियोगितामा भाग्यको साथ पनि पाउँदा त्यसमा मेहेनतको रंग पनि भर्यो र पहिलोपटक एसिया छनोट पार गर्ने सपनालाई साकार गरेको छ ।
नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा ।
1 Min Read


