२०८२ बैशाख २६ ।
भारतले पाकिस्तानको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गर्दै गएराति भारत र पाकिस्तानबीच भएको मिसाइल र ड्रोन हमला गरेको हो। पाकिस्तानले रातभरिमा भारतीय पक्षले गरेको २५ भन्दा बढी ड्रोन हमलालाई भने निस्तेज गरेको दाबी गरेको छ। पाकिस्तानी पत्रिका द डनका अनुसार लाहोर, अटोक, रावलपिण्डी, घोट्की, गुजरनवाला, चकवल, वहावलपुर, सुकुर, उमेरकोट र कराची क्षेत्रमा भारतले ड्रोन र मिसाइल आक्रमण गरेको थियो। आक्रमणमा एक महिलाको मृत्यु भएको र चार सैनिक घाइते भएको पनि जनाएको छ।
पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले ती क्षेत्रहरुलाई लक्ष्य गरी हमला गरेको ड्रोनहरूलाई निस्तेज तुल्याइएको बताएका छन्। यद्यपि एक नागरिकले भने ज्यान गुमाएको उनले बताएका छन्।

