२०८२ वैशाख ०९, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकको आज बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परिक्षा नरोक्ने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

