शिक्षा नियमावलीको १० औँ संशोधनमा भएका मुख्य मुख्य बुदा तथा मन्त्रिपरिषदका निर्णयहरु ।
२०८३ असार १८, बिहिबार ।
आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा नियमावलीको दशौं संशोधन,२०८३ स्वीकृत गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त संशोधन स्वीकृत गरेको हो । तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयलमा सरुवा हुने भएको छ । शिक्षा नियमावली १० औं संशोधन) मा भनिएको छ, ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिनेछ ।’
निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ । यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो । अब सामुदायिक विद्यालयमा भने धरौटी रकम राख्नुपर्ने छैन । यसअघि सामुदायिक विद्यालयको माध्यमिक तह खोल्न १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने थियो । संशोधिन नियमावलीमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरिने, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन १४ वर्ष पुरा भएकै हुनुपर्ने प्रावधान हटाइने लगायतका व्यवस्था समेटिएको छ ।

अन्य ११ वटा निर्णयसमेत :
–अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने
–एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
–नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने।
–विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने।
–कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
–शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
–गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने।
–सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने।
–राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने
–राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।


