Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    June 27, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

    बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका छन् ।५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् ।

    यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित)तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी अनुत्तिर्ण (ननग्रेड) भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले उत्तीर्ण हुन प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

    यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका हुन्। ‘डी’ ग्रेड अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ (एनजी) भएको छ ।

    दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले एक महिनापछि सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो, सोही विषयको मात्रै परीक्षा दिए हुने बोर्डले जनाएको छ ।

    दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था बोर्डले गरेको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् ।

    ‘डी’ ग्रेडसम्म ल्याउने विद्यार्थी मात्रै अब माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिने बोर्डले जनाएको छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ प्रतिशत अंक ल्याएउने विद्यार्थीलेसमेत ग्रेडसिट प्राप्त गर्थे । उनीहरु कक्षा ११ मा भर्ना हुन योग्य ठहरिन्थे । तर, यस वर्षदेखि त्यो व्यवस्था हटाइएको छ ।

    नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएमएस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना