Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

    May 14, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १ जेठ  – नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ । कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिसम्मको कुल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल आय ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँको तुलनामा २ अर्ब ३७ लाख ७ हजार रुपैयाँ अर्थात् ६.०३ प्रतिशतले कमी हो ।

    यसैगरी, कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ छ। उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँको तुलनामा १अर्ब ८६ करोड ५३ लाख ५८ हजार रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले कमी भएको छ ।

    त्यस्तै कम्पनीले चालू आवको तेस्रो त्रैमासिक अवधिसम्मको ५ अर्ब५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ मुनाफा कमाएको छ । उक्त रकम गत आवको सोही अवधि(२०७९ चैत मसान्त) को खुद मुनाफा ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँको तुलनामा १८ करोड १७ लाख ९३ हजार रुपैयाँ अर्थात् ३.३६ प्रतिशतले बढी हो ।

    कम्पनीले ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब ९४ करोड ४९ लाख २९ हजार रुपैयाँले कमी आएको पनि बताएको छ ।

    बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ५० करोड ७४ लाख रुपैयाँले कमी भएको कम्पनीले बताएको छ ।

    कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा ४१.४४ रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२.९९ रुपैयाँ छ । १८ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    साइबर सुरक्षामा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।

    नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीमा सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका सशस्त्र प्रहरी जवान दीक्षित ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना