Close Menu
    What's Hot

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३० भाद्र २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३० भाद्र २०८३, मंगलवार

    रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु

    March 20, 20244 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, ७ फागुन – रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ।  मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ ।

    मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । पछिल्लो समय रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु हुने क्रम बढ्दो छ । यसअघि १७ जनाको मृत्यु भइसकेको छ । योसँगै रुसको तर्फबाट युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ३३ पुगेको छ ।

    रुस सरकारले फागुन २३ मा नेपाल दूतावासलाई पत्र पठाउँदै डीएनए नमुना पठाइदिन अनुरोध गरेको हो । ‘रुसी सेनामा कार्यरत नेपाली नागरिक भनिएकाको शवको पहिचानका लागि निज परिवारका सदस्यहरूलाई सम्पर्क गरी निजको आइडेन्टिफिकेसन मार्क एवं जेनेटिक टेस्टिङका लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना उपलब्ध गराइदिन रुसी परराष्ट्र मन्त्रालयको पत्रमार्फत अनुरोध भएको छ,’ मस्कोस्थित नेपाली दूतावासद्वारा कन्सुलर विभागमा पठाइएको पत्रमा उल्लेख छ ।

    डीएनए परीक्षणका लागि १५ परिवारका सदस्यलाई कन्सुलर विभागले सम्पर्क गरिसकेको छ । रुसले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिन पत्र प्राप्त भएको हो ।

    डीएनए नमुना पठाइदिन पत्र पठाइएकामध्ये दाङका जितबहादुर पुन मगर र ओखलढुंगाका खोमबहादुर भुजेलका परिवारले कुशको शव बनाई दाहसंस्कार गरिसकेका छन् ।

    रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये कम्तीमा ९६ जना परिवारको सम्पर्कमा छैनन् । उनीहरूका परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका थिए ।

    रुसले शव पहिचानका लागि डीएनए माग गरेकाको सूचीमा रहेका मकवानपुरका विजयबहादुर थोकर पाँच महिनादेखि परिवारको सम्पर्कमा थिएनन् । श्रीमती हरिमायाका अनुसार विजयसँग पछिल्लो पटक कात्तिक ६ मा सम्पर्क भएको थियो । ‘रेड जोनमा जानुअघि म एक हप्ता सम्पर्कमा नआउन सक्छु भन्नुभएको थियो,’ हरिमायाले भनिन्, ‘अहिले एक्कासि डीएनएको नमुना पठाउनुपर्ने भयो भनेर कन्सुलर विभागबाट फोन आएको छ ।’ काठमाडौंमा घर बनाउने काम गर्दै आइरहेका थोकर ८ लाख रुपैयाँ खर्च गरेर रुस पुगेका थिए ।

    त्यस्तै, भदौ २८ मा रुस पुगेका सतातेल, खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतसँग श्रीमती अञ्जलीको अन्तिम सम्पर्क कात्तिक २ मा भएको थियो । चार वर्षदेखि दुबईमा सेक्युरिटी गार्ड रहेका क्षितिज यूएईबाटै रुस गएका थिए । ‘युक्रेनको लुहान्स जानुअघि कात्तिक २ बिहान ८ः४७ मा म्यासेज पठाउनुभएको रहेछ । हामी एक–डेढ महिना जंगलमा हुन्छौँ भन्नुभएको थियो,’ उनले भने, ‘त्यसपछि सम्पर्कमै आउनुभएन ।’

    क्षितिजकै टोलीमा रहेका धनुषाका विमलकुमार गजमेरको परिवारसँग पनि रुसले डीएनए नमुना मागेको छ । यो टोलीमा ७ नेपाली र दुई इजिप्सियन गरी ९ जनाको टोली रेड जोन पुगेका थिए । विमलकुमारका दाजु पवनका अनुसार दुईबीच असोज २४ मा अन्तिम संवाद भएको थियो ।

    गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार रुस–युक्रेन युद्धमा मारिएकाको शव रोस्तोभ सहरमा संकलन भइरहेको छ । ‘रोस्तोभमा ल्याएपछि पहिचान गर्न डीएनए परीक्षण हुन्छ,’ तिमल्सिनाले भने, ‘रुसी सेनाले रुसको जुनसुकै ठाउँसम्म शव लगिदिन्छ । यदि परिवारले नेपालमा नै ल्याउन इच्छुक भए अनुमति छ । तर, रुसबाट आफ्नो घरसम्म लैजाने खर्च परिवार आफैंले व्यहोर्नुपर्छ ।’ रुसी सेनामा रहेका नेपालीका अनुसार कम्तीमा ७ सय नेपालीलाई रुस–युक्रेन बोर्डरमा खटाइएको छ । रेड जोनमा कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । रेड जोनमा खटिएर सम्पर्कमा आएका जसले पनि आफ्ना अगाडि साथीहरू मारिएको विवरण भने दिइरहेका छन् ।

    रुसी सेनामा भर्ती भएकाहरूको जीवन सुरक्षाका लागि सचेतना अभियानकी संयोजक कृति भण्डारीले २७२ जना लामो समयदेखि परिवारको सम्पर्क नभएको बताइन् । भण्डारीले रुसमा भर्ती भएकाका परिवारलाई समयमा सूचना उपलब्ध गराउनुका साथै परिवारसँगको सहजीकरण गर्न सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् । ‘हामीले रुसी सेनामा जोडिएका परिवारसँग सिधा सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई एउटा संयन्त्र बनाइदिन भनेका भन्यै छौँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘पीडित परिवारलाई कसैले रेस्पोन्स गर्दैन । मानसिक पीडामा रहेका पीडितहरू यता र उता कुदिराख्नुपर्छ । जुन तहमा सरकार गम्भीर हुनुपर्थ्यो, त्यो हामीले पाएनौँ ।’

    रुसी सेनामा भर्ना भएका नेपालीको स्वदेश फिर्ता र उद्धार समयमै हुन नसक्दा बेपत्ता हुने र मृत्यु हुने संख्या बढिरहेको छ । सरकारले रुसी पक्षसँग नियमित संवाद जारी राखे पनि नेपालीले रुसी सेनासँग गरेको करार रद्द गर्न सकेको छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रतिनिधि सभामा बोल्दै रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको बताएका थिए । नेपाल सरकारले तेस्रो पटक रुसलाई कूटनीति नोट पठाइसकेको छ । कूटनीतिक नोटको जवाफ नदिएको रुसलाई नेपालले फेरि रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था, क्षतिपूर्ति र उनीहरूलाई फिर्ता ल्याउने सन्दर्भ उल्लेख गर्दै पत्राचार गरेको हो । तर रुसका तर्फबाट नेपालको माग सम्बोधन भएको छैन ।

    रुसले पठाएको सूची

    १. टीकाबहादुर राना मगर, तेह्रथुम

    २. जितबहादुर पुन मगर, दाङ

    ३. अभिषेक बुढा, दाङ

    ४. चन्द्रबहादुर बीसी, बाँके

    ५. घनश्याम शाही, मोरङ

    ६. प्रेमबहादुर कठायत, अछाम

    ७. खोमबहादुर भुजेल, ओखलढुंगा

    ८. विमलकुमार गजमेर, धनुषा

    ९. प्रेमप्रकाश न्यौपाने, नवलपरासी

    १०. भीमबहादुर बीसी, नवलपरासी

    ११. क्षितिज बस्नेत, खोटाङ

    १२. सोमेश सुनुवार, प्यूठान

    १३ विकास राई, प्यूठान

    १४. विजयबहादुर थोकर, मकवानपुर

    १५. जितेन्द्रबहादुर घिसिङ, मकवानपुर

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार २०८३ भाद्र…

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना