Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

    February 8, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २५ माघ – चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको छ ।

    नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य सङ्घसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेजस्ता प्रवृत्ति  साइबर अपराधमा पाइएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको बताउनुभएको छ ।

    सात महिनाको अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेन्जरको दुरूपयोगका नौ हजार तीन सय ५० वटा, भाइबरका १६ वटा, इमोका छ वटा, युट्यबका ३९ वटा, ट्वीटरका छ वटा, इन्स्ट्राग्रामका चार सय ३२ वटा, वेबसाइट ह्याकिङका छ वटा, टिकटकका छ सय ६७ वटा, इमेलका ८० वटा, ई–सेवाका एक सय ९० वटा र अन्य साइबर अवराधतर्फ एक सय १८ वटा रहेका छन् ।

    यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका चार सय तीन वटा, उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, लट्री परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका एक सय ५२ वटा, मास्टर कार्डरमनी एक्सचेञ्जसमेत ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका चार सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडि ६७ वटा र अन्य साइबर अपराधमा दुई सय ६२ वटा उजरी परेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना