जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई पुरस्कार वितरण गर्ने ।
२०८३ असोज २४, शनिबार ।
जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई पुरस्कार वितरण गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। देशको नाम अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक जितेर उच्च राख्ने हाम्रा प्रतिभावान खेलाडीहरू र उनीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रशिक्षक तथा व्यवस्थापकहरूको उच्च कदर गर्दै हिजो बसेको मन्त्रिपरिषद बैठकले पुरस्कार वितरणसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न र खेलाडीहरूको मनोबल सदा उच्च राख्न सरकार सदैव तत्पर रहेको छ।
हिजो भएको यस निर्णय अनुसार अन्तराष्ट्रिय प्रतियोगितामा
र उनका प्रशिक्षकलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने भएको छ। यसैगरी, उत्कृष्ट खेल प्रदर्शन गर्दै कास्य पदक हात पार्न सफल महिला कबड्डी टोलीका खेलाडीहरू तथा उनीहरूका प्रशिक्षकलाई पनि मन्त्रिपरिषदको यसै निर्णयअन्तर्गत सम्मानसहित पुरस्कार प्रदान गरिनेछ।
यसका साथै, खेल टोलीलाई निरन्तर साथ र सहयोग पुर्याउने सहायक प्रशिक्षक एवं व्यवस्थापकहरूलाई समेत यसै व्यवस्थामार्फत पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको यस किसिमको निर्णयले खेलाडीहरूमा थप ऊर्जा थप्ने र आगामी दिनमा देशका लागि अझ उत्कृष्ट नतिजा ल्याउन ठूलो प्रेरणा मिल्ने विश्वास लिइएको छ।
आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास, खेलाडीको वृत्तिविकास र उनीहरूको समग्र कल्याणका लागि सरकारले यस प्रकारका नीतिगत तथा प्रोत्साहनमूलक कदमहरू निरन्तर अगाडि बढाइरहनेछ। देशको शिर उचो बनाउने हाम्रा सम्पूर्ण कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ज्यूहरूमा हार्दिक बधाई तथा आगामी दिनका खेल यात्राका लागि सफलताको हार्दिक शुभकामना भन्दै सरकारले प्रोत्साहन गरेको छ ।
जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई पुरस्कार वितरण गर्ने ।
2 Mins Read


