एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।
२०८३ जेठ १७, आइतबार ।
आज बिहान सिंगापुर राष्ट्रिय खेल मैदानमा भएको एसियन गेम्स क्वालिफायर्समा नेपालले विजयी सुरूवात गर्दै चीनलाई २२१ रनको अन्तरले हराएको छ । चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुशल भुर्तेलको विष्फोटक सतकको मद्दतमा नेपालले दुई विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्यो । जवाफी ब्याटिङमा चीन ९२ रनमै अलआउट भएको छ ।
एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।
1 Min Read

